Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा

मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा

इच्छाकामना न्युज

३२, आषाढ २०८२
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा

मुक्तिनाथ (मुस्ताङ), असार ३२ गते । हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई लक्षित गरी सुविधा थप गरिएको छ । एकै दैनिक सयौं तिर्थालु आउने मन्दिरमा सहज पूजाआजाका लागि प्रवेशद्वारदेखि मन्दिर परिसरको स्तरोन्नति गरिएको छ ।

images

मन्दिरको पूरानो स्वरुपलाई असर नगर्ने गरी सामाजिक कार्यालयको सहयोगमा मन्दिर परिसरमा ढुङ्गा बिछ्याइएको छ । मन्दिरमा १०८ धारा र कुण्डमा स्नान गर्ने क्रममा चिप्लिएर लड्न थालेपछि मुक्तिनाथ व्यवस्थापन समितिको पहलमा मन्दिर परिसर, १०८ धारा र कुण्डमा तीन हजार १४० स्क्वायर फिट  ढुङ्गा बिछ्याइएपछि अहिले मन्दिर परिसर सफा र चिटिक्क देखिएको छ ।

मुक्तिनाथ व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले तिर्थालुको गुनासोलाई मध्यनजर गरी मन्दिरको प्रवेशद्वारदेखि मन्दिरसम्म आवश्यक सुविधा थप गर्न थालिएको बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘तिर्थालुलाई मन्दिरमा कुनै अभाव महसुस हुन नदिने गरी संरचनाहरू थपिँदैछ, अहिले धेरै सहज छ ।’’

प्रजिअ भुषालले मन्दिरमा तिर्थालुको गुनासो र आवश्यकता समेत सङ्कलन गरी सामान्य आर्थिक खर्च हुने अवस्थामा तत्कालै व्यवस्थापन गर्ने गरिएको छ । समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा अवस्थित मन्दिरमा चिसो पानीमा स्नान गरेपछि तातोापनीको आवश्यकता महसुस गरेपछि दानपेटिकामा चढाएको भेटीबाट दुई सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था समेत गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका कर्मचारी रविन सुबेदीले दिएको जानकारी अनुसार १०८ धारामा स्नान गर्ने क्रममा विगतमा दुर्घटनामा घाइते भएपछि स्नानस्थल सुरक्षित बनाउन राख्न रेलिङ निर्माण गरिएको छ । मन्दिर परिसरमा कपडा फेर्ने स्थmल, शौचालयको समेत क्षमता विस्तारसहित विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको छ । मन्दिर व्यवस्थापन समितिले तिर्थालुलाई लेक लागेमा तत्कालै उपचार, मन्दिर आसपासका क्षेत्रमा कुनै समस्या भएमा उद्धारका लागि समते प्रहरी तथा स्वयमंसेवक परिचालन गर्ने गरिएको छ ।

एकैपटक ५० हजार तिर्थालुलाई सेवा दिन सकिने गरी संरचनाको डिजाइन गर्न भौतिक संरचना थप गर्न मुक्तिनाथ विकास समितिले पुरातत्व विभागसँग अनुमति समेत मागेको छ । मन्दिर परिसरमा निर्मित पूराना संरचनाले तिर्थयात्रुलाई असहज भएको अवस्थामा शौचालय, कपडा परिवर्तन गर्ने, मन्दिरमा प्रवेश र बाहिरिने बाटो विस्तार, कम्पाण्ड वाल निर्माण, वर्षात र हिमपाको समयमा बस्ने तथा मर्मतका लागि डिजाइन गरी पुरातत्व विभागमा पठाइएको छ । मुक्तिनाथ मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी वार्षिक करिब आठ लाखको आगमन रहेको छ । मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तिर्थालु पुग्ने तथ्याङ्कले देखाउँछ ।  

images
प्रकाशित मिति :आषाढ ३२, २०८२ बुधवार - ०८:२७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology