Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

लागु औषध लिएर काठमाडौँ आउँदै गरेका २ युवक नागढुंगाबाट पक्राउ

लागु औषध लिएर काठमाडौँ आउँदै गरेका २ युवक नागढुंगाबाट पक्राउ

images

इच्छाकामना न्युज

१५, श्रावण २०८२
लागु औषध लिएर काठमाडौँ आउँदै गरेका २ युवक नागढुंगाबाट पक्राउ
images

नागढुंगा ।  काठमाडौँको नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध र ६० हजार रुपैयाँ नगदसहित दुई युवकलाई पक्राउ गरेको छ। चौध हजार सातसय ६० क्याप्सुल लागु औषध (ट्रामाडोल) र साठी हजार नगदसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

गएराति सवा १ बजे लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयक्त टोलिले बा.प्र ०२-०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगा पिप्लामोडमा जाँच गर्दा नगद र लागू औषध फेला परेको हो। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी नगरपालिका- ५ घर भएका २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा रहेका छन्। 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत थानकोट बुझाइएको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - १०:५५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology