Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

समृद्ध कालिका नगर वाल सञ्जालका पदाधिकारीलाई टिसर्ट, डायरी, पेन र परिचय पत्र वितरण

समृद्ध कालिका नगर वाल सञ्जालका पदाधिकारीलाई टिसर्ट, डायरी, पेन र परिचय पत्र वितरण

इच्छाकामना न्युज

१७, श्रावण २०८२
समृद्ध कालिका नगर वाल सञ्जालका पदाधिकारीलाई टिसर्ट, डायरी, पेन र परिचय पत्र वितरण
images

चितवन । कालिका नगरपालिकाको आयोजनामा समृद्ध कालिका नगर वाल सञ्जालका २३ जना पदाधिकारीहरूलाई टिसर्ट, डायरी, पेन तथा परिचय पत्र वितरण गरिएको छ। बाल अधिकार प्रवर्द्धन र वाल सञ्जालको संस्थागत सुदृढीकरणका लागि सामग्री वितरण गरिएको जनाइएको छ।

images
images

कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले वाल सञ्जालले वडा तहका सम्पूर्ण बालबालिकाको प्रतिनिधित्व हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो।

"बालबालिकाको सशक्तिकरणका लागि वाल सञ्जाललाई अझ सक्रिय र जिम्मेवार बनाउनु आवश्यक छ," — नगर प्रमुख रेग्मी

कार्यक्रमका विशेष अतिथिमा नगर उप–प्रमुख विमला तामाङ, CFLG नगर सम्पर्क व्यक्ति सम्झना ढकाल तथा CFLG कालिका नगर सहजकर्ता सबिना श्रेष्ठको उपस्थिति थियो।

समारोहको अध्यक्षता सञ्जाल अध्यक्ष समिर ढुंगानाले गर्नुभयो भने सञ्चालन करुणा पौडेलले गर्नुभयो। कार्यक्रममा कालिका नगरका १ देखि ११ नम्बर वडासम्मका प्रतिनिधित्व हुने गरी २३ जना वालबालिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सञ्जाल अध्यक्ष ढुंगानाले वाल सञ्जालप्रति विश्वास गर्दै सामग्री उपलब्ध गराएकोमा नगरपालिकाप्रति आभार प्रकट गर्नुभयो।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १५:५४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology