Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाँदै

इच्छाकामना न्युज

१८, श्रावण २०८२
प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाँदै
images

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जानुहुने भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजराति फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेको हो ।

images
images

प्रधानमन्त्री ओलीले हिजो बेलुका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी समेत गराउनुभएको छ । भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तुर्कमेनिस्तानको अवाजा सहरमा हुने भूपरिवेष्टित विकासशील देशहरुको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

यही साउन २० अर्थात् पर्सिदेखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा कम विकसित देशहरुको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य कार्यक्रम र भेटवार्ता पनि गर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली साउन २३ गते राति स्वदेश फर्किने कार्यक्रम छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - ११:११:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology