Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

झार मार्ने विषादीबाट हेटौंडाकी एक महिलाको मृत्यु

झार मार्ने विषादीबाट हेटौंडाकी एक महिलाको मृत्यु

images

इच्छाकामना न्युज

२५, श्रावण २०८२
झार मार्ने विषादीबाट हेटौंडाकी एक महिलाको मृत्यु
images

चितवन, २५ साउन । प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

गत साउन ९ गते विषादी सेवन गरेकी ती महिलालाई चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । तर पछि ती महिलाका आफन्तले रिफर मागेर हेटौंडा नै लगेका थिए ।

अस्पताल आउँदा उनले सुरुमा काँचो आँप खाएको भनेर झुटो बोलेकी थिइन् । तर, चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा उनले पाराक्वेट विषादी खाएको पत्ता लागेको थियो ।

विषादी सेवन गरेको सुरुका केही दिन सामान्य समस्या मात्रै देखिए पनि ४/५ दिनपछि असर बढ्दै गएको थियो । विषादीको असर बढ्दै गएर मिर्गौला र कलेजोमा क्षति पुगेको थियो ।

ती महिलाका एक छोरा, एक छोरी र श्रीमान छन् । उनका श्रीमान सवारी चलाउने काम गर्दछन् ।

 झार मार्ने रासायनिक विषादीको जथाभावी प्रयोग चिन्ताको विषय बनेको छ । कतिपयले आफ्नो घरको आँगनको झार मार्नसमेत विष छर्किने गरेका छन् । यसले मानव स्वास्थ्य, वातावरण र जीवजन्तुलाई असर पुर्‍याइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०८२ आइतवार - ११:२३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology