२६ साउन, काठमाडौं । कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्।
हमास आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। त्यही क्रममा, हमासले फालेको ‘ग्रिनेड’ अर्कोतर्फ फालेर साथी नेपाली विद्यार्थीहरूलाई जोगाउन खोज्ने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।