Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कांग्रेस सभापति देउवा तनहुँ आउनुहुँदै

कांग्रेस सभापति देउवा तनहुँ आउनुहुँदै

images

इच्छाकामना न्युज

२७, श्रावण २०८२
कांग्रेस सभापति देउवा तनहुँ आउनुहुँदै
images

तनहुँ, साउन २७ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार तनहुँ आउनु हुने भएको छ ।

नेपाली कांग्रेस तनहुँको पूर्व क्षेत्रीय सभापति शहीद कल्याण खनालको २३ औँ स्मृतिसभा तथा खनालको शालिक अनावरणका लागि सभापति देउवा आउनु हुने भएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो ।

तनहुँको भिमाद नगरपालिकास्थित भिमाद बजारमा सभापति देउवाले सम्बोधन गर्नुहुनेछ । कांग्रेस कार्यक्रम कांग्रेस तनहुँको आयोजना र कांग्रेस भिमाद नगर समिति र शहीद कल्याण खनाल स्मृति प्रतिष्ठान तनहुँको व्यवस्थापनमा कार्यक्रम हुने सचिव खनालले जानकारी दिनुभयो । कार्यक्रमको सबै तयारी पूरा भएको खनालले बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण २७, २०८२ मंगलवार - ०७:३३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology