Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

३० हजार धरौटीमा छुटेलगत्तै पुनः पक्राउ परे चक्रे मिलन

३० हजार धरौटीमा छुटेलगत्तै पुनः पक्राउ परे चक्रे मिलन

इच्छाकामना न्युज

२८, श्रावण २०८२
३० हजार धरौटीमा छुटेलगत्तै पुनः पक्राउ परे चक्रे मिलन

काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशमा ३० हजार रूपैयाँ धरौटी बुझाएर छुटेका चक्रे मिलन भनिने मिलन गुरुङ फेरि पक्राउ परेका छन् । उनी बुधबार साँझ काठमाडौं जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर छुटेका थिए । काठमाडौंमा उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।

images

अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटी बुझाएर छुटे लगत्तै चक्रेलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले चक्रेलाई ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गर्न भक्तपुर ल्याइएको जानकारी दिए ।

यसअघि यही साउन १६ गते चक्रपथस्थित होटल साम्बालामा जन्मदिन मनाइरहेका चक्रेसहित ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

images
प्रकाशित मिति :श्रावण २८, २०८२ बुधवार - २२:४८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology