Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

images

इच्छाकामना न्युज

२९, श्रावण २०८२
गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते
images

चितवन, साउन २९ गते । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्। 

बिहीबार दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । 

 ढुङ्गा खस्दा ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । भारतीय केए ४३६८५६ नम्बरको ट्रकमा ढुङ्गा खसेको हो । 

तुइन खोलाको पहाडबाट यस अगाडि पनि दर्जन पटक ढुङ्गा खसेको छ। पहाड काटेर बाटो फराकिलो बनाएपछि ढुङ्गा खस्ने समस्या आएको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - २२:१५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology