Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

शिक्षा नीतिको विरोधमा इच्छाकामना प्याब्सन द्वारा पालिका लाई ज्ञापन पत्र

शिक्षा नीतिको विरोधमा इच्छाकामना प्याब्सन द्वारा पालिका लाई ज्ञापन पत्र

images

इच्छाकामना न्युज

२९, श्रावण २०८२
शिक्षा नीतिको विरोधमा इच्छाकामना प्याब्सन द्वारा पालिका लाई ज्ञापन पत्र
images

 इच्छाकामना , साउन-२९ । निजी शैक्षिक संस्थाका छाता संगठनले आज देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाउने आन्दोलनको कार्यक्रम अन्तर्गत इच्छाकामना प्याब्सनले पनि इच्छाकामना गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

इच्छाकामना प्याब्सनका अध्यक्ष टंक त्रिपाठीको नेतृत्वमा गएको टोलीले पालिकाका कार्यवाहक कार्यालय प्रमुख वासुदेव पण्डितलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । निजी विद्यालयहरूले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानलाइ नजरअन्दाज गर्दै आएको प्रस्तावित विधेयकका प्रावधानहरूप्रति आपत्ति व्यक्त गरिएको थियो।

निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिने, तथा शिक्षण शुल्क, पोशाक, यातायात लगायतका सम्पूर्ण सेवा निःशुल्क गर्नुपर्ने जस्ता प्रावधानहरू व्यावहारिक र नैतिक दृष्टिले अव्यवहारिक भएकोले इच्छाकामना प्याब्सनको बिमति रहेको ज्ञापन पत्रमा भनिएको छ।। गलत प्रावधानले निजी विद्यालयहरूलाई धराशायी बनाउने, र समग्र शैक्षिक तथा आर्थिक प्रणालीमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ।

प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा हिजो सार्वजनिक गरेको कार्यक्रम अनुसार भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरेका छन् ।

यस्तै, भदौ २ गते आफ्नो क्षेत्रका सांसदहरूलाई ज्ञापन पत्र बुझाउने र सुझाव संकलनका लागि राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय प्याब्सन/एनप्याब्सले गरेका छन् । भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्ने र ६–७ गते केन्द्र/प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम राखिएको छ।

images
प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - २२:२१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology