Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रधानमन्त्री ओली चीनको एससीओ प्लस शिखर सम्मेलनमा सहभागी

प्रधानमन्त्री ओली चीनको एससीओ प्लस शिखर सम्मेलनमा सहभागी

इच्छाकामना न्युज

१६, भाद्र २०८२
प्रधानमन्त्री ओली चीनको एससीओ प्लस शिखर सम्मेलनमा सहभागी
images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनमा सहभागी छन् ।

images
images

सम्मेलनमा प्रधानमन्त्री ओलीसहित विभिन्न सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम तय छ ।चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने भ्रमणका लागि चीन आएका प्रधानमन्त्री ओली आजसम्म दुईपक्षीय भेटवार्तामा पनि सक्रिय छन् ।

आज उहाँको क्रमशः रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री ओलीले एससीओ प्लस सम्मेलनमा सहभागी मुलुकबीच सहयोगका अवसर र क्षेत्रीय शान्ति, स्थिरता तथा आर्थिक विकासका विषयमा छलफल गर्ने बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०८२ सोमवार - ०८:२३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology