Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

घरमै लुकाएर राखेको अवस्थामा करिब ४ करोड रकम र सुनका गरहना बरामद, घरधनी गोरखाका श्रेष्ठ पक्राउ

घरमै लुकाएर राखेको अवस्थामा करिब ४ करोड रकम र सुनका गरहना बरामद, घरधनी गोरखाका श्रेष्ठ पक्राउ

इच्छाकामना न्युज

१७, भाद्र २०८२
घरमै लुकाएर राखेको अवस्थामा करिब ४ करोड रकम र सुनका गरहना बरामद, घरधनी गोरखाका श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गोंगबुको एक घरबाट ठूलो मात्रामा रकमसहित पक्राउ गरेको व्यक्ति स्वयं घरधनी रहेको खुलेको छ ।

images

काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ परेका गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ आफैं घरधनी रहेको पाइएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताए ।

७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेको पाइएको छ । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ ।

त्यसैगरी सुनका गरगहनाहरु पनि बरामद भएको पाइएको छ । उक्त रकम श्रेष्ठले कहाँबाट ल्याए, के प्रयोजनाका लागि राखे भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यद्यपि प्रहरीले उक्त रकम अवैध रहेको बताएको छ ।


ठूलो मात्रामा अवैध रकम भण्डारण गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी पनि पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८२ मंगलवार - १७:३१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology