काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी जिङपिङसँगको भेटमा लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौताको प्रस्ट रूपमा असहमति राखेको बताएका छन्।
उनले भने, ‘चीनका राष्ट्रपतिसँगको औपचारिक वार्तामा मैले लिपुलेकसम्बन्धमा भारत र चीनको हाम्रो भूमिबाट दुइटा देशले व्यापार आदान प्रदान गर्ने सम्झौता गर्न मिल्दैन। हाम्रो असहमति छ भन्ने कुरा स्पष्ट ढङ्गले भने। यो कुरा अडिओ, भिडिओ र दुई देशको नोटमा रेकर्ड छ।’
उनले सीमाबारे भारतसँग कुरा गरेर समस्याको समाधान गर्ने बताए।