Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

फरार कैदीबन्दी भारतीय प्रहरीको नियन्त्रणमा

फरार कैदीबन्दी भारतीय प्रहरीको नियन्त्रणमा

इच्छाकामना न्युज

२६, भाद्र २०८२
फरार कैदीबन्दी भारतीय प्रहरीको नियन्त्रणमा

चन्द्रपुर (रौतहट) । गौर कारागारबाट मंगलबार राति फरार भएका कैदीबन्दी मध्ये १३ जनालाई भारतीय एसएसबिले नियन्त्रणमा लिएको छ ।

images

गौर बैरगनिया सिमानाकाबाट भारततर्फ प्रवेश गर्ने क्रममा भारतीय सीमामा एसएसबीले नियन्त्रणमा लिएका छन् । जेनजीको आन्दोलनपछि भारतीय एसएसबीले सीमानाकामा कडाइ अपनाएका छन् । 

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका –४ का जितेन्द्र गिरी र राजेश पटेल, गौर नगरपालिका –५ का विवेक मिश्र, गरुडा नगरपालिका –५ का गणेश साह र रणधीर यादव, गढिमाइ नगरपालिका –१ का सन्तोष राम, इशनाथ नगरपालिका –२ का राजन साह सोनार, दुर्गाभगवति गाउँपालिका –४ का अजय यादव र देवाही गौनाही नगरपालिका –५ का मोहन साह  रहेका छन् ।

त्यस्तै, भारत पूर्वी चम्पारण घोड़ासाहन  बसबरियाका मोनु जायसवाल, घोड़ासाहन  महुआई–७ का राकेश कुमार, चिरैया थाना क्षेत्र दीपही–२ का मुनिफकुमार यादव  र सीतामढी जिल्ला मेजरगञ्ज थाना मडपा सिरपालका सुधीर कुमारमहतो  रहेका छन् ।

बैरगनिया थाना प्रमुख उमाशंकर रजकले  पक्राउ परेका गौर –५ का विवेक मिश्र बैरगनिया क्षेत्रकै एक हत्या प्रकरणमा फरार अभियुक्त रहेकाले उनलाई सीतामढी न्यायिक हिरासतमा पठाइएको बताउनुभयो ।

अन्य १२ कैदीबन्दिलाई बैरगनिया प्रहरी नियन्त्रणमा राखिएको छ । उच्च अधिकारीहरूको निर्देशनपछि नेपाल प्रहरीको जिम्मा लगाउने उहाँले बताउनुभयो । गौर कारागारमा रहेका २ सय ९१ जना कैदी बन्दी मध्ये २ सय ६० जना कैदीबन्दी मंगलबार राति फरार भएका थिए । फरार कैदी बन्दीहरूमध्ये ३१ जनालाई मंगलबार राति नै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । अहिले पनि दुई सय १६ जना कैदीबन्दी फरार नै रहेको छ ।

फरार कैदी बन्दिको खोजी कार्य जारिरहेको कारागार कार्यालय रौतहटका प्रमुख मनिष झाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - १०:४७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology