Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लमजुङमा ४७ जनामा डेंगु सङ्क्रमण पुष्टि

लमजुङमा ४७ जनामा डेंगु सङ्क्रमण पुष्टि

इच्छाकामना न्युज

२३, आश्विन २०८२
लमजुङमा ४७ जनामा डेंगु सङ्क्रमण पुष्टि

लमजुङ, असोज २३ गते । लमजुङमा डेंगु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । असोज २२ गतेसम्म जिल्लामा ४७ जना डेंगु  सङ्क्रमित भएका छन् ।

images

बेंसीसहरस्थित प्रदेश अस्पतालसहित जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरुमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी उपचारका लागि आउनेको सङ्ख्या बढ्दै गएको छ । 

प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार असोज १ गतेदेखि २२ गतेसम्म जिल्लामा ४७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको पाइएको छ । सदरमुकाम बेंसीशहरमा मात्रै असोज महिनामा २५ जना डेंगुका बिरामी अस्पताल पुगेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रवीणकुमार खनालले बताउनुभयो । त्यस्तै सुन्दरबजारमा १४ जना, राइनासमा ४ जना र मध्यनेपालमा ४ जना डेंगु सङ्क्रमित भेटिएको जनस्वास्थ्य कार्यालयले लमजुङले जनाएको छ । 

सदरमुकाम बेंसीसहरसहित जिल्लाका विभिन्न भागमा डेंगु सङ्क्रमणको जोखिम बढ्दै गएपछि चिकित्सकहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । जिल्लामा गत साउन र भदौ महिनामा मात्रै ९३ जनामा डेंगु  सङ्क्रमण पुष्टि भएको थियो । सो अवधिमा बेंसीशहरका मात्रै ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्क छ । सो अवधिमा राईनास नगरपालिकामा १७ जना, मर्स्याङ्दी गाउँपालिकामा ११ जना, दोर्दी गाउँपालिकामा आठजना, मध्यनेपाल, दुधपोखरी र क्होलासोँथारमा एक एक जनामा डेंगु  सङ्क्रमण देखिएको थियो । त्यसैगरी जिल्ला बाहिरका आठजना पनि डेंगु  सङ्क्रमण भएर स्वास्थ्य संस्थामा उपचार गर्न आएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । 

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु  रोग सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु डेंगु  रोगबाट बच्ने एकमात्र उपाय रहेको स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - १८:०१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology