Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

देसीखोला जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

देसीखोला जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

images

इच्छाकामना न्युज

२६, आश्विन २०८२
देसीखोला जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
images

हुम्ला, असोज २७ गते । चङ्खेली गाउँपालिका– ४ को देसीखोलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा घाइते दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो ।

मृत्यु हुनेमा समकोट गाउँपालिका– ८ को स्याँडा गाउँकी दुई वर्षीया बालिका जागृति रोकाया रहेको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । यसअघि शुक्रबार उक्त दुर्घटनामा परि तीन जनाको मृत्यु भइरहेको छ ।

मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ का वर्ष वर्षीया मनवीर बुढा, उहाँको दुई वर्षीय छोरा देवाङ्स बुढा, सिमकोट गाउँपालिका–८ की २६ वर्षीया वसन्ती रोकाया छन् । 

यसैगरी, दुर्घटनामा परी घाइते भएका तीन जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । त्यस्तै, एक जना घाइतेलाई वीरेन्द्रनगर अस्पतालमा रिफर गरिएको छ ।

तीन जना प्रदेश अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि घर फिर्ता भएको प्र.ना.उ. पोखरेलले बताउनुभयो ।

शुक्रबार बिहान ११ बजे चङ्खेली गाउँपालिका– ४ को देसीखोला गोठ्यानामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको थियो । जिप दुर्घटनामा परी सात जना गम्भीर घाइते भएका थिए । 

images
प्रकाशित मिति :आश्विन २६, २०८२ आइतवार - १३:०४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology