Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ पक्राउ

टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ पक्राउ

images

इच्छाकामना न्युज

२७, आश्विन २०८२
टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ पक्राउ
images

काठमाडौं । ‘टिबेटियन ओरिजिनल ब्लड’ लेखिएको ज्याकेट र टीओबी टिसर्ट लगाएर जेन–जी आन्दोलनमा देखिएका युवक तेन्जिङ दावा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

चीनविरोधी गतिविधि चर्काउने उद्देश्यले तिब्बती शरणार्थीहरू सक्रिय भएको शंका बीच पेस्तोलसहित देखिएका उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार दावा हाल प्रहरी नियन्त्रणमा छन् र विस्तृत सोधपुछ भइरहेको छ।

सामाजिक सञ्जालमा बुलेट बाइकमा सवार दावाले पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा आएका थिए। उक्त भिडियो काठमाडौंको बिजुली बजार क्षेत्रमै खिचिएको देखिन्छ, तर त्यो दृश्य आन्दोलनकै दिनको हो वा अन्य समयको भन्ने पुष्टि हुन बाँकी छ।

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:१२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology