Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले पनि राष्ट्रिय स्वतन्त्र पार्टी छोडे

वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले पनि राष्ट्रिय स्वतन्त्र पार्टी छोडे

images

इच्छाकामना न्युज

१, कार्तिक २०८२
वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले पनि राष्ट्रिय स्वतन्त्र पार्टी छोडे
images

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता तोडेका छन् । पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत वरिष्ठ अधिवक्ता घिमिरेले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन् ।

उनले केही वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कानुन विभाग लगायत अन्य विभागहरूमा कानुन, नीति, नियमावली र पार्टीको विधान मस्यौदा कार्यदलमा रहेर योगदान गर्दै आएका थिए । घिमिरेले खासगरी प्रवासी नेपाली र गैरआवासीय नेपालीसँग सम्बन्धित विद्यमान कानुनको गहन पुनरावलोकन गरी उनीहरूका समस्या समाधान गर्ने कानुनी मस्यौदा तयार पारेका थिए ।

गैरआवासीय नेपालीलाई नेपालको विकास निर्माणसँग जोड्ने कानुनी बाटो बलियो बनाउन नागरिकता, लगानी लगायतका कानुनमा संशोधन गर्नु पर्ने सुझाव उनले तयार गरेका थिए । साथै, संविधान र कानुनको संशोधनको पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्नुपर्ने कुरा उनले उठाउँदै आएका थिए ।

रवि लामिछानेको सहकारी मुद्दामा कास्की जिल्ला अदालतमा कानुन विज्ञको भूमिका निर्वाह गरे पनि अन्य अदालतमा रवि लामिछानेविरुद्ध दायर गरिएका मुद्दाहरूमा भने संलग्न थिएनन् ।

images
प्रकाशित मिति :कार्तिक १, २०८२ शनिवार - ११:०३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology