Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

स्वदेश आइपुग्यो विपिन जोशीको शव, आजै कञ्चनपुर स्थित घरमा लगिने

स्वदेश आइपुग्यो विपिन जोशीको शव, आजै कञ्चनपुर स्थित घरमा लगिने

इच्छाकामना न्युज

३, कार्तिक २०८२
स्वदेश आइपुग्यो विपिन जोशीको शव, आजै कञ्चनपुर स्थित घरमा लगिने
images

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । विपिनको शव सोमबार (आज) केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।

images
images

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् । उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो ।  उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८२ सोमवार - १५:४६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology