Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तान्जानियामा व्यापक प्रदर्शन, ५०० भन्दाबढीको मृत्यु भएको आशंका

तान्जानियामा व्यापक प्रदर्शन, ५०० भन्दाबढीको मृत्यु भएको आशंका

एजेन्सी

१५, कार्तिक २०८२
तान्जानियामा व्यापक प्रदर्शन, ५०० भन्दाबढीको मृत्यु भएको आशंका

अफ्रिकी देश तान्जानियामा यसै हप्ता भएको विवादास्पद निर्वाचनपछि भएका विरोध प्रदर्शनहरूमा सयौँ मानिसको मृत्यु भएको छ ।  बुधबार भएको आम चुनावपछि देशभर भएको तीन दिनको विरोध प्रदर्शनमा ५०० भन्दाबढीको मृत्यु भएको आशंका गरिएको छ ।

images

मृत्युको संख्याका बारेमा फरक–फरक दाबीहरू आइरहेको बीबीसीले उल्लेख छ। बीबीसीका अनुसार देशव्यापी इन्टरनेट बन्द गरिएको छ भने कर्फ्यू लगाइएको छ ।

विपक्षी दलका प्रवक्ता चाडेमाले सुरक्षा बलसँगको झडपमा करिब ७०० जनाको मृत्यु दाबी गरेका छन् । तान्जानियाको एक कूटनीतिक स्रोतले बीबीसीलाई बताएअनुसार कम्तीमा ५०० जनाको मृत्यु भएको विश्वसनीय रिपोर्ट छ।

राष्ट्रपति सामिया सुलुहू हसनमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल हालिएको आरोप लागेको छ। तान्जानियाका विदेश मन्त्री महमूद थाबित कोम्बोले विपक्षीको दाबीलाई अस्वीकार गर्दै सरकारले अत्यधिक बल प्रयोग नगरेको र प्रदर्शनकारीको मृत्युसम्बन्धी कुनै आधिकारिक तथ्याङ्क नभएको बताएका छन्।

सरकारले हिंसाको स्तर कम गर्न खोजिरहेको छ र अशान्ति रोक्न कर्फ्यू बढाएको छ। चुनावलाई अनुचित भन्दै प्रायः युवाहरू सडकमा उत्रिएर देशका धेरै शहरहरूमा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारले प्रमुख विपक्षी नेताहरूलाई दबाएर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन्। चुनावमा तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन र उनको पार्टी चामा चा मापिन्डुजी (सीसीएम)को जितको सम्भावना छ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८२ शनिवार - ११:२८:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology