Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बेलायतमा 'नेपाल रन' : पाँच सय धावक सहभागी

बेलायतमा 'नेपाल रन' : पाँच सय धावक सहभागी

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
बेलायतमा 'नेपाल रन' : पाँच सय धावक सहभागी

नेपाल रन यूकेद्वारा आइतबार आयोजित नर्थल्ट १० के रनमा झन्डै ५०० धावकले प्रत्यक्ष रूपमा सहभागिता जनाएका छन् भने थुप्रैले भर्चुअल रूपमा भाग लिएका छन्।

images

नर्थला फील्ड्स पार्क, नर्थल्टमा आयोजित  'नर्थल्ट १० के रन' का सबै विजेताहरूलाई ट्रफी प्रदान गरियो भने सबै सहभागीहरूलाई टिसर्ट र पदक वितरण गरियो।

इलिङ्ग नर्थबाट निर्वाचित  सांसद जेम्स मरे र बेलायतका लागि नेपालक कार्यवाहक राजदूत बिपिन दुवाडी कार्यक्रममा विशेष सहभागी थिए।

नेपाल रन यूकेका पदाधिकारी डा. जगन कार्कीले नेपाल रन यूकेको प्रमुख आकर्षणमध्ये एक नर्थल्ट १० के रनले समुदायमा एकता, स्वास्थ्य र फिटनेसप्रति जागरूकता फैलाएको बताए।

ट्रफी वितरण कार्यक्रम समिता आलेले संचालन गरेकी थिइन् भने कोच आत्माराम दाहालले 'वार्म अप एक्सरसाइज' गराएका थिए। गोर्खाली सेनाका पाइपर प्रताप गुरुंगले पाइपर बजाएर लाइन अप हुँदै दाहालको नेपाली शंख ध्वनिबाट दौड़ सुरु भएको थियो। स्वयंभूको स्तूपा र नेपाली ध्वजाले सजाइएको पार्कमा नेपाली खाना बाँडिएको थियो। नेपालमा बनेका नेपाली पन झल्किने ट्रफ़ी, टीसर्ट वितरण गरिएको थियो ।

१० के दौड सुरु हुनु अघि बालबालिकाको '२ के फन रन' आयोजना गरिएको थियो।

यो कार्यक्रम हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा संचालित बाल गृह तथा  जुम्लास्थित उच्च उचाइ प्रशिक्षण शिविरलाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको संस्थाका कोषाध्यक्ष रविन्द्र अधिकारीले जानकारी दिए।

कार्यक्रमका विजेताहरू :

ओभर अलमा महिला तर्फ प्रथम फ्रान्सेस्का बुटी (४० मिनेट ०२ सेकेन्ड), द्वितिय सराह ह्यारिस (४३ मिनेट १० सेकेन्ड) र  तृतीय  तेज माया रेग्मी सिग्देल (४५ मिनेट ५१ सेकेन्ड) भएका थिए। त्यस्तै पुरुष तर्फ प्रथम  इलियास अहमद (३४ मिनेट १ सेकेन्ड), द्वितीय सन्देश राई (३४ मिनेट ५३ सेकेन्ड) र तृतीय ट्वेलर ब्वक्याम्बे (३५ मिनेट १३ सेकेन्ड) भए।

भेट्रान (४० देखि ४९ उमेर समूह) मा महिलातर्फ प्रथम मनिषा लिम्बु (४९ मिनेट २५ सेकेन्ड), द्वितिय  क्लारी मोरिस (४९ मिनेट ३८ सेकेन्ड) र तृतीय होमा देवी पुन (५० मिनेट २९ सेकेन्ड) भए। पुरुषतर्फ प्रथम  सेलिमेंट बर्थेट (३७ मिनेट ४९ सेकेन्ड), द्वितिय बलदेव कुँवर (३८ मिनेट २३ सेकेन्ड) र तृतीय नाइजल रिबेरियो (४० मिनेट .०९ सेकेन्ड) भए।

भेट्रान ५० देखि ५९ उमेर समूहमा महिलातर्फ प्रथम  रेबेका क्नाइट (४६ मिनेट ५८ सेकेन्ड),  द्वितिय भेनेसा पल (५२ मिनेट ३४ सेकेन्ड) र तृतीय रेचल फोर्ड (५३ मिनेट ३७ सेकेन्ड) भए।  त्यस्तै पुरुष तर्फ प्रथम लक्ष्मण गुरुङ (३९ मिनेट २३ सेकेन्ड), द्वितिय पदम कुँवर (३९ मिनेट २५ सेकेन्ड) र तृतीय अमृत श्रेष्ठ (४१ मिनेट ०२ सेकेन्ड) भए। सुपर भेट्रान (६० + उमेर समूह) मा महिलातर्फ जेनिफर हडसन (५५ मिनेट १५ सेकेन्ड) र पुरुषतर्फ  मार्टिन देओड प्रथम भए।

नेपाल रन क्लबका विजेताहरु महिला तर्फ सलिना राजभण्डारी (५१ मिनेट ५० सेकेन्ड) र पुरुषतर्फ शिव गुरुङ (४२ मिनेट ५० सेकेन्ड) भए भने क्लवको नियमित दौड गतिविधिमा राम्रो प्रगति गर्ने धावक पुस्कर नेपाललाई पनि पुरष्कृत गरिएको थियो।

नर्थल्ट १० के रनको प्रमुख प्रायोजक ए स्टार फ़ाइनेन्शियल सलुशन र अन्य प्रायोजक पार्टनरहरुमा लन्डन म्याराथन, रियल ड्रिम्स एडु कन्सल्टेंसी, एइएसएन रिक्रुटमेन्ट, मेक्सवर्थ एकाउन्टिंग, एनआरएनए इंगल्याण्ड च्याप्टर,  भोजपुर समाज युके, मोमो हाउस ३६५, एसएनपी प्लस  एकाउन्टिंग, किराँत राइ यायोख्या लन्डन, एनबीसी युके र नेपाली साइक्लिङ्ग क्लब थिए। त्यसै गरी तमु धिं युकेका संस्थापक अध्यक्ष चित्र गुरुङले आफ्ना स्वर्गीय छोरा दमन गुरुङको स्मृतिमा एक ट्रफी प्रायोजन गर्नुका साथै स्वयंसेवकहरुलाई खानाको पनि व्यवस्था गरेका थिए।

कार्यक्रम निर्देशक सन्तोष राईले सबै प्रायोजक, स्वयंसेवक र सहभागीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल रूपमा सम्पन्न भएको बताए।

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - १०:१४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology