Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्कुटर चलाउँदा किन ढाड दुख्छ ? यस्ता छन् ४ कारण

स्कुटर चलाउँदा किन ढाड दुख्छ ? यस्ता छन् ४ कारण

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
स्कुटर चलाउँदा किन ढाड दुख्छ ? यस्ता छन् ४ कारण

काठमाडौं । तपाईं स्कुटर चलाउनु हुन्छ भने थोरै समय चलाउँदा पनि ज्यान दुखेको महसुुस गर्नुभएको छ ? धेरैले स्कुटर चलाएपछि ज्यान दुख्छ भन्ने गरेको हामी पाउँछौं ।

images

करिब ५/६ घण्टा मोटरसाइकल चलाएको जत्तिको थकान केबल २/३ घण्टा स्कुटर चलाउँदा महसुस गर्ने धेरै भेटिन्छन् । सहरी क्षेत्रमा सहज रूपमा प्रयोग गर्न सकिने र पाको उमेर भएकाले पनि छोटो दुरी यात्रा गर्न स्कुटर निकै उपयोगी मानिन्छ ।

चलाउन सजिलो हुन्छ भनेर केही पाको उमेर र केही युवा पनि स्कुटरमा यात्रा गर्ने गरेको पाइन्छ । तर, उनीहरूले लामो बाटो यात्रा गरेको कारण थकान भएको भन्छन् । स्कुटर चढ्दा थकान भएको भन्ने ठम्याउन सकेका हुँदैनन् ।

त्यसैले मोटरसाइकल चलाउँदाको तुलनामा स्कुटर चलाउँदा किन शरीरका अंगहरू दुख्छन् । र, धेरै थकान महसुस हुन्छ भन्ने बारेमा चर्चा गरेका गर्दैछौं ।

सहरी क्षेत्रलाई लक्षित गरेर निर्माण गरिएको यस्ता स्कुटर नेपाल जस्तो खराब सडक भएको ठाँउमा चलाउँदा राम्रो प्रदर्शन आउने कुरै हुँदैन । स्कुटरमा प्रयोग भएको सस्पेन्सन, टायर साइज, ह्वीलबेस, बडी वेट जस्ता कारण धेरै मानिसले थकान महसुस गर्छन् ।

साधारणतया सबैजसो स्कुटरहरू एकै डिजाइनमा तयार भएका हुन्छ । यी स्कुटरहरूको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र पछाडि सिंगल/डबल साइडेड स्प्रिङ सस्पेन्सन प्रयोग भएको हुन्छ ।

सस्पेन्सन

स्कुटरको साइज नै सानो हुने कारण यसको सस्पेन्सन सेटअप एकदमै बेसिक हुन्छ । माथि भने जस्तै टेलिस्कोपिक सस्पेन्सन र सिंगल/डबल साइडेड स्प्रिङ सस्पेन्सनको ट्राभल एकदमै कम हुने भएको कारण थोरै पनि खराब सडकमा राम्रो पर्फमेन्स गर्न सक्दैन । त्यसैले स्कुटर चलाउँदा उफ्रेको महसुस हुन्छ । यसले शरीरमा थकाइक महुसस मात्र हुँदैन यसले शरीरका मांसपेशी तथा जोर्नीहरूमै असर पुर्याउँछ ।

स्कुटर सहर केन्द्रित साधन हो । यसमा लामो हाइवे यात्रा गर्नु भनेको शरीरमा अर्को रोग भित्र्याउनु सरह हो ।

सानो ह्वील साइज

स्कुटरमा प्रायःजसो १०/१२ इन्चको ह्वील प्रयोग हुन्छ । सानो ह्वीलले सडकमा हुने बम्पको झड्का एब्र्जव गर्न कठिन हुन्छ । त्यसैले खाल्डाखुल्डी भएको बाटोमा स्कुटर चलाउनु स्वास्थ्यको हिसाबले खराब हुन्छ ।

पछाडिको तौल धेरै हुनु

सबै स्कुटरहरूको तौल पछाडिको भागमा धेरै हुन्छ । यसको इन्जिनभार पछाडि हुने कारण तौल पनि पछाडि नै धेरै हुन गएको हो । पछाडिको भारले सस्पेन्सनलाई थप कडा बनाउँछ । अझै, पछाडिको सिटमा यात्रु राखेर चलाउनु भएको छ भने थप समस्या आउन सक्छ ।

फ्रेम/ह्वीलबेस

स्कुटरहरू ‘स्टेप थ्रू फ्रेम’मा बन्नछन् । यसले स्कुटरमा लामो ट्राभल सस्पेन्सन राख्न मिल्दैन । छोटो ह्वीलबेस हुने भएको कारण स्कुटरको स्टेबिलिटी पनि मोटरसाइकलको जस्तो राम्रो हुँदैन ।

मुख्यतया माथि उल्लेख भएका कारण स्कुटरमा यात्रा गर्दा शरीरमा थकाइका साथै स्वास्थ्यमा पनि असर पर्न जान्छ । सहरी चिल्ला सडकका लागि तयार पारिएको स्कुटरहरू नेपालको खराब अवस्थाका सडकमा मात्र होइन, अफरोडमा समेत यात्रा गर्ने गरेको हामी पाउँछौं । त्यो राम्रो होइन ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - १०:४९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology