Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकामा कार्गो विमान दुर्घटनाः ३ जनाको मृत्यु, ११ घाइते

अमेरिकामा कार्गो विमान दुर्घटनाः ३ जनाको मृत्यु, ११ घाइते

एजेन्सी

१९, कार्तिक २०८२
अमेरिकामा कार्गो विमान दुर्घटनाः ३ जनाको मृत्यु, ११ घाइते

अमेरिकाको केन्टकी राज्यको लुइभिल सहरमा बुधबार एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने कम्तीमा ११ जना घाइते भएका छन्। फेडरल एभिएसन अथोरिटीका अनुसार युपिएस कम्पनीको फ्लाइट नम्बर २९७६ ले मोहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट होनोलुलु (हवाई) को ड्यानियल इनोउए अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको थियो।

images

दुर्घटना साँझ करिब ५ः१५ बजे (स्थानीय समयअनुसार) भएको हो। त्यसपछि विमानस्थलको दक्षिणी भागमा बाक्लो धुवाँ र आगोको लप्का देखिएका थिए। सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा तीव्र आगो देख्न सकिन्छ।

प्रहरीले विमानस्थलबाट ८ किलोमिटरको दायरा भित्रका बासिन्दालाई घरभित्रै बस्न आदेश दिएको छ। साथै, विमानस्थललाई अस्थायी रूपमा बन्द गरिएको छ। 

images
प्रकाशित मिति :कार्तिक १९, २०८२ बुधवार - ०९:०९:४९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology