Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जेनजी आन्दोलनमा खटिएका प्रहरीसँग बयान लिइँदै

जेनजी आन्दोलनमा खटिएका प्रहरीसँग बयान लिइँदै

इच्छाकामना न्युज

२०, कार्तिक २०८२
जेनजी आन्दोलनमा खटिएका प्रहरीसँग बयान लिइँदै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी कर्मचारीहरुको बयान आजदेखि सुरु हुँदैछ । आईजीपी चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको जाँचबुझ आयोगले आजदेखि जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी कर्मचारीसँग बयान लिने तयारी गरेको हो ।

images

आयोगका प्रवक्ता तथा पूर्वप्रहरी एआईजी विज्ञानराज शर्माका प्रहरीले बुधवार पठाएको आन्दोलनमा खटिएका कर्मचारीको विवरण अनुसार सम्बद्ध प्रहरी कर्मचारीको मात्र बयान लिइने छ ।

प्रहरीबाट प्राप्त विवरणमा उल्लेखित कर्मचारीमध्ये कसलाई, कहिले बयानमा बोलाउने भन्नेबारे निक्र्यौल गरेर उक्त कार्य थालनी हुने उनले बताए । जाँचबुझका क्रममा बयान लिनुपर्ने अवस्थाका प्रहरीलाई मात्रै बोलाइने उनको भनाई छ ।

आयोगले घटनाबारे जाँचबुझ गर्न कुनै पनि बेला उपस्थितिका लागि बोलाउनुपर्ने हुनसक्ने भन्दै पत्राचार गरेपछि प्रहरी मुख्यालयले आन्दोलनका बेला फिल्डमा खटिएका प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८२ बिहिवार - ०९:४३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology