Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तान्जानियामा चुनावी हिंसा : २४० बढीलाई देशद्रोह अभियोग

तान्जानियामा चुनावी हिंसा : २४० बढीलाई देशद्रोह अभियोग

एजेन्सी

२२, कार्तिक २०८२
तान्जानियामा चुनावी हिंसा : २४० बढीलाई देशद्रोह अभियोग

तान्जानियाको एक अदालतले शुक्रवार २४० भन्दा बढी व्यक्तिलाई देशद्रोह गरेको ठहर गर्दै अभियोग लगाएको छ। बीबीसीका अनुसार चुनावपूर्व र चुनावपछि विपक्षी गठबन्धनलाई समर्थन गर्दै प्रदर्शन गर्ने उनीहरूमाथि देशद्रोहको अभियोग लगाइएको हो।  

images

विरोध प्रदर्शन हिंसात्मक बनेपछि भएका झडपहरूमा ठुलो सङ्ख्यामा प्रदर्शनकारीको मृत्यु भएको छ। शुक्रवारसम्म मृत्यु हुने प्रदर्शनकारीको सङ्ख्या ८०० भन्दा बढी पुगेको छ। मानवअधिकार समूहहरूले आन्दोलनका क्रममा सामान्य नागरिकको मृत्यु भएको बताएका छन्।  

निर्वाचन आयोगका अनुसार राष्ट्रपति सामिया सुलुहु हसनले अक्टोबर २९ मा भएको चुनावमा करिब ९८ प्रतिशत मत प्राप्त गरी जित हासिल गर्नुभएको छ तर भाग लिनबाट रोक लगाइएको विपक्षीले चुनावलाई राष्ट्रपतिले आफ्नो पदलाई वैधता दिन फिँजाएको ‘भ्रमजाल’ भनेको छ।  

निर्वाचनको दिनसमेत देशका थुप्रै स्थानमा निषेधाज्ञा जारी गरिएको थियो तर पनि पूर्वी अफ्रिकी यस देशमा व्यापक हिंसात्मक विरोध प्रदर्शनहरू भएका थिए।  

स्रोतहरूले सयौँ मारिएको हुन सक्ने सङ्केत गरेपनि छ दिनको इन्टरनेट बन्दले यस तथ्याङ्कलाई स्वतन्त्ररूपमा पुष्टि गर्न अहिलेसम्म पनि कठिनाइ भइरहेको छ।  

आर्थिक राजधानी दार–ए–सलाममा शुक्रवार सयौँ मानिसहरू अदालतबाहिर प्रदर्शनका लागि पुगेका देखिन्थ्यो। एक न्यायिक स्रोतका अनुसार अदालतले १३८ जनाविरुद्धको अभियोगपत्र दायर गरेको छ। अर्को स्रोतले १०० भन्दा बढीलाई मुद्दा चलाइएको रिपोर्ट गरेको छ।  

एएफपीले देखेको आरोपपत्रमा उनीहरूमाथि ‘चुनावमा बाधा पुर्‍याउने उद्देश्य’ का लागि हिंसा भड्काएको र सरकारी सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएर कार्यकारीलाई धम्की दिएको आरोप लगाइएको छ।  

‘पक्राउ परेकामध्ये केहीलाई कुटपिट गरिएको छ, तिनीहरू बिरामी छन्, तिनीहरूले कुनै पनि चिकित्सा उपचार पाएका छैनन्,’ तान्जानिया मानव अधिकार रक्षक गठबन्धनका वकिल पल किसाबोले अभियुक्तहरूलाई अदालत पेस गरेपछि एएफपीसँग भने।  

उनले भने, ‘देशद्रोह गैर–जमानती अपराध भएकोले तिनीहरू अर्को सुनुवाइ नभएसम्म हिरासतमा रहनेछन्।’ विपक्षी दल चाडेमाले चुनावी हिंसामा कम्तीमा ८०० जना मारिएको बताएको छ।  

कूटनीतिक र सुरक्षा स्रोतहरूले त्यो अनुमानलाई समर्थन गर्दै यो सङ्ख्या हजारौँ पुग्न सक्ने बताए। अधिकारीहरूले अहिलेसम्म मृतक वा घाइतेहरूको कुनै पनि सङ्ख्या जारी गर्न अस्वीकार गरेका छन्। 

images
प्रकाशित मिति :कार्तिक २२, २०८२ शनिवार - ११:२४:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology