Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

धनकुटाको पाख्रिबासमा माइक्रो दुर्घटना, १४ जना घाइते

धनकुटाको पाख्रिबासमा माइक्रो दुर्घटना, १४ जना घाइते

इच्छाकामना न्युज

५, मंसिर २०८२
धनकुटाको पाख्रिबासमा माइक्रो दुर्घटना, १४ जना घाइते
images

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५ भैसेस्थित मध्यपहाडी लोकमार्गमा माइक्रो बास दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

images
images

शुक्रबार बिहान करिब ०६ः३० मा काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हायास अनियन्त्रित भई करिब ६०-७० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

घाइते यात्रुलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाख्रिवासका इन्चार्ज सइ नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०८२ शुक्रवार - १०:५१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology