Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो

रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो

images

इच्छाकामना न्युज

१०, मंसिर २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो
images

काठमाण्डौ । रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो । काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इञ्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ।

मंगलबार बसेको सचिवालय बैठकले इञ्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो। खाली रहेको प्रदेश इञ्चार्जहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिने रास्वपाले जनाएको छ।

प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहेका नेताहरू पार्टीको सचिवालय सदस्य समेत हुन्। २१ फागुनको निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूलाई प्रदेश इञ्चार्जबाट पदमुक्त गरिएको रास्वपाले जनाएको छ।

प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरिएकाहरूलाई निर्वाचन केन्द्रित गतिविधिमा लगाउने निर्णय भएको छ।

सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो।’

विगतमा जिम्मेवारी पाएका नेताहरूलाई फिर्ता गरिए पनि केन्द्रीय सदस्यबाट हुने गरी नयाँ व्यक्तिलाई इञ्चार्ज तोकिएको भने छैन।

रास्वपाले गत वैशाखमा सातै प्रदेशका इन्चार्ज तोकेको थियो। कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल इञ्चार्ज तोकिएको थियो।

कोशी इञ्चार्जको जिम्मेवारीमा रहेका परियारले रास्वपा परित्याग गरिसकेका छन्।

पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिसका लागि अनुरोध गर्ने र सबै पालिकामा पार्टीको र्यापिड एक्सन टीम गठन गर्ने समेत निर्णय गरेको छ।

यस्तै कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गरिएको छ।

images
प्रकाशित मिति :मंसिर १०, २०८२ बुधवार - १३:०४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology