देवघाट ।
तमु प्ये ल्हु संघ युवा कार्यसमिति चितवनको अध्यक्षमा रोशन तमु चयन हुनुभएको छ ।
तमु प्ये ल्हु संघ युवा कार्यसमिति चितवनको बैठकले संगठनमा रहेका रिक्त पदहरूमा आवश्यक समायोजन गर्दै संगठनलाई अझ सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले कार्यसमितिको पुनःसंरचना गर्ने निर्णय सर्वसहमत रूपमा पारित गरिएको हो ।
नयाँ कार्यसमितिमा अध्यक्ष पदमा रोशन तमु,वरिष्ठ उपाध्यक्ष कोपिला लेम तमुस्यो,प्रथम उपाध्यक्ष पबिन कोन्मे तमु, द्वितीय उपाध्यक्ष सुरज टु तमु,सचिव गौरव तमु,सह–सचिव कुसुम कोन्मे तमुस्यो,कोषाध्यक्ष ममता क्रोम्जे तमुस्यो,सह–कोषाध्यक्ष कुशुम तमुस्यो,सांस्कृतिक विभाग प्रमुख इच्छा लेम तमुस्यो, युवा परिचालन विभाग प्रमुख सबिन पच्यु तमु र सदस्यहरूमा करण तमु,साहिर तमु,निरुता तमुस्यो,एलिना तमुस्यो,बन्दना तमुस्यो,बिशेषता तमुस्यो,अस्मि तमुस्यो,जुनिसा तमुस्यो,सन्दिना तमुस्यो गरि १९ सदस्यीय समिति चयन गरिएको छ ।