Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सूचना प्रविधिमा विश्वास गर्दैन राउटे समुदाय

सूचना प्रविधिमा विश्वास गर्दैन राउटे समुदाय

इच्छाकामना न्युज

२०, मंसिर २०८२
सूचना प्रविधिमा विश्वास गर्दैन राउटे समुदाय

दैलेख । सूचना प्रविधिको यतिको विकास भए पनि राउटे समुदाय आफूलाई त्यसबाट टाढा राखेको छ । आफ्नो मौलिकता गुम्ने हो कि डरले उनीहरू मोबाइल जस्ता सञ्चार प्रविधि प्रयोगमा ल्याउँदैन । 

images

राउटेका ४२ वर्षीय मुखिया शेरबहादुर शाहीले राउटेहरू जङ्गलका राजा हुन्, यहाँ सबै कुरा छन्, मानिसको कुरा सिधै सुन्ने र बुझ्नेमा मात्र विश्वास गर्ने भएकाले अनि प्रविधि तथा मोबाइल जस्ता उपकरणमाथि भरोसा नरहेको बताउनुभयो । काठका विभिन्न सामग्री निर्माण गरी अन्नसँग साट्ने, वनमा पाइने कन्दमूल गिठा खोजेर जीविकोपार्जन गर्ने राउटे समुदाय पछिल्लो समयमा खानपिन जीवनशैलीमा परिवर्तनलाई स्वीकार गरे पनि अहिलेको सूचना प्रविधिलाई भने अँगाल्न तयार भएको पाइँदैन । 

राउटे मुखिया शाहीका अनुसार राउटेको जीवनशैली आफैँमा स्वतन्त्रताको प्रतीक हो, कसैको नियन्त्रणमा जाँदैन । त्यसैले होला, सूचना प्रविधिको आगमनले उनीहरूमा अनौठो भय पैदा गर्छ । मोबाइल राखेपछि मान्छेले तस्बिर खिच्छन्, कता कता लैजान्छन्, थाहा हुँदैन त्यसले हाम्रो जनताका विषयमा बेला बेला असर गर्ने गरेको मुखिया शाहीले बताउनुभयो । राउटे समुदायमा कार्यरत नमुना जोडी शिक्षक लालबहादुर खत्रीले सूचना प्रविधिप्रति राउटेको भित्री डर केवल उपकरणप्रतिको अनभिज्ञता मात्र होइन, आधुनिक साधनले आफ्नो संस्कृति, भाषा र चलनचल्ती बिगारिदिने आशङ्का रहेको बताउनुभयो । उहाँले राउटे समुदायमा मौखिक सञ्चारको परम्परालाई मान्यता दिने र त्यसैबाट आफ्नो सञ्चार चलाइरहेको उनीहरूलाई सूचना प्रविधिप्रति विश्वास नै नमान्ने गरेको जनाउनुभयो । 

पछिल्ला पुस्ताका बालबालिका मोबाइल, टिकटक युटुबप्रति चासो देखाएको भए पनि राउटे मुखियाले प्रयोग गर्ने नदिने डरले कसैले पनि मोबाइलको प्रयोग नगर्ने गरेको राउटे समुदायमा कार्यरत अन्जु पन्तले बताउनुभयो । उहाँले कतिले सरकारी काम, भत्ता वा आपत्कालीन सम्पर्कका लागि फोनबाट कुरा गर्ने गरेको भए पनि त्यसको प्रयोग नगर्ने गरेको जनाउनुभयो । समुदायको सबैभन्दा ठुलो विश्वास र मुखिया हुन्, मुखियाकै निर्देशन चल्ने भएका कारण पनि त्यहाँ अन्य प्रविधिको प्रयोग हुँदैन । 

राउटे युवा दीपक शाहीले आफूहरू प्रविधिको प्रयोग गर्न चाहे पनि मुखियाको निर्देशन नभएका कारण मोबाइल बोक्न नसकेको बताउनुभयो । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गुराँस गाउँपालिकाका स्थायी बासिन्दा भए पनि जङ्गलमा बस्दै आएका राउटेको मौलिकता जोगाउन पनि अहिलेको प्रविधिभन्दा टाढै बस्न उपयुक्त हुने जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :मंसिर २०, २०८२ शनिवार - ०९:२९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology