Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

दाङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

दाङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

रासस

२६, जेठ २०८३
दाङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
images

घाराही (दाङ) 

images
images

दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लु१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँका धनिराम चौधरी घाइते हुनुभएको छ । उहाँको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतष्ठान घोराहीमा उपचार भइरहेको छ ।रासस

 
 

images
प्रकाशित मिति :जेठ २६, २०८३ मंगलवार - ०९:५१:१९ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology