Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

इच्छाकामना न्युज

२०, मंसिर २०८२
ब्राउन सुगरसहित दुईजना पक्राउ
images

सर्लाही । प्रहरीले लागुऔषध ब्राउन सुगर ओसारपसार आरोपमा बालिकासहित बर्दीबासबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा जलेश्वर नगरपालिका ६ का २६ वर्षीय मोटरसाइकल चालक बिक्कीकुमार मिश्र र पछाडी सवार पोखरा घर भइ हाल जनकपुर उपमहानगरपालिका २२ बस्ने १६ वर्षीया नेहा परियार रहेको प्रहरीले जनाएको छ ।

images
images

विशेष सूचनाका आधारमा बर्दिबासस्थित लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले दुवैलाई ४७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।

ब्युरो प्रमुख सरोज अधिकारीका अनुसार प्रहरीले हिजो शुक्रबार साँझ ५ः३० बजेतिर  बर्दिबास नगरपालिका १ स्थित राष्ट्रिय बाणिज्य बैंकअगाडिको भित्री सडक खण्डमा गौरीडाँडातर्फ जाँदै गरेको प्रदेश २–०२–००५ प ३१५९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ब्राउन सुगरसहित दुवैजना पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा नेहा परियारले हातमा बोकेको सेतो प्लास्टिकको झोलाभित्र चकलेटको बट्टामा लुकाइ राखिएको अवस्थामा दुई वटा सेतो प्लास्टिकको प्याकेटभित्र  ब्राउन सुगर फेला परेको थियो । तौल गर्दा प्लास्टिकसहित ५२।८५० ग्राम र शुद्ध तौल ४७।६२० ग्राम रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागुऔषध तथा मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि शुक्रबार राति नै बर्दीबासस्थित इलाका प्रहरी कार्यालयमा  बुझाइएको ब्युरो प्रमुख अधिकारीले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर २०, २०८२ शनिवार - ०९:४६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology