काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ थियो ।