Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

एउटा क्यानले बदल्यो भाग्य, म्याक्स टाइगरबाट प्रदीप लामाले जिते प्रोटोन कार

एउटा क्यानले बदल्यो भाग्य, म्याक्स टाइगरबाट प्रदीप लामाले जिते प्रोटोन कार

images

इच्छाकामना न्युज

१, मंसिर २०८३
एउटा क्यानले बदल्यो भाग्य, म्याक्स टाइगरबाट प्रदीप लामाले जिते प्रोटोन कार
images

काठमाडौं । एउटा क्यान, अनि भाग्य चम्काउने अवसर ! म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसरसँगै नयाँ उत्साह थपेको छ । यसै अभियानमार्फत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।

कार विजेता प्रदीप लामाका लागि अहिले यो अत्यन्त खुसीको क्षण बनेको छ । “एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिएनँ । कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन । यो मेरो मात्र होइन, मेरो परिवारका लागि पनि निकै खुसीको क्षण हो । म्याक्स टाइगरलाई धेरै धन्यवाद दिन चाहन्छु ।” खुसी हुँदै उनले बताए ।

म्याक्स टाइगरको हरेक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले देशभरका उपभोक्तामाझ उत्साह थपेको छ । अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरिसकेका छन् ।

मोटरसाइकल जित्ने भाग्यशाली उपभोक्ताहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन् । त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।

स्कुटर जित्ने भाग्यशाली उपभोक्ताहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् । यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् ।

म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार बम्पर पुरस्कारका रूपमा राखेको थियो। तीमध्ये हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् भने अझै आठ जना भाग्यशाली उपभोक्ताका लागि मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी छ ।

कम्पनीका अनुसार ‘दशैं धमाका २०२६’अभियानले उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको छ । अझै पनि एउटा क्यानबाटै भाग्य चम्काउने अवसर बाँकी रहेकाले कम्पनीले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०८३ सोमवार - २१:५८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology