Logo

मंगलवार, मंसिर २ गते २०८३

images
२०८३, मंसिर २ गते
images

जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत विष्णुको केएमसीमा निःशुल्क उपचार शुरु

जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत विष्णुको केएमसीमा निःशुल्क उपचार शुरु

images

इच्छाकामना न्युज

२, मंसिर २०८३
जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत विष्णुको केएमसीमा निःशुल्क उपचार शुरु
images

काठमाडौं । जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किनुभएको छ । सोमवार नेपाल आइपुग्नुभएकी उहाँको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार शुरु गरिएको हो ।

आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिन भएपछि नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उहाँलाई नेपाल ल्याइएको हो । डा। शर्माले नै उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल एयरलाइन्सको विमानबाट सोमबार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी विष्णुको स्वागतका लागि डा. शर्मा केएमसीका विशेषज्ञ चिकित्सकको टोलीसहित एम्बुलेन्स लिएर विमानस्थल पुग्नुभएको थियो । विमानस्थलबाट उहाँलाई सिधै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुयाएर भर्ना गरिएको हो । अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार प्रक्रिया अघि बढाएको जनाएको छ ।

नेपाल आइपुगेपछि विष्णुले डा। शर्मालाई आफू कहाँ रहेको भन्दै प्रश्न गर्नुभयो । जवाफमा डा। शर्माले उहाँ आफ्नै देशको काठमाडौं मेडिकल कलेजमा रहेको जानकारी गराउनुभएको थियो । स्वदेश फर्किएको थाहा पाएपछि उहाँ भावुक बन्नुभयो ।
विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालबाट डिस्चार्ज नहुँदासम्म आफूले व्यहोर्ने डा। शर्माले बताउनु भयो । चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराइने उहाँको प्रतिवद्धता छ । आर्थिक अभावकै कारण कुनैपनि बिरामी उपचारबाट वञ्चित हुन नहुने उहाँको भनाइ छ ।

रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो । आर्थिक समस्याका कारण जापानमा उपचारलाई निरन्तरता दिन र नेपाल फर्किनसमेत कठिनाइ भइरहेको थियो । डा. शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा संलग्न हुनुहुन्छ । उहाँले आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएको जनाइएको छ ।

त्यस्तै विपन्न,दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यमा समेत उहाँ संलग्न रहँदै आउनुभएको छ । ६ महिनादेखि जापानमा उपचाररत विष्णु अहिले स्वदेश फर्किएर परिवारको साथमा थप उपचार गराइरहनुभएको छ ।

 
 

images
प्रकाशित मिति :मंसिर २, २०८३ मंगलवार - १०:३४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology