Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

हाडनाता करणीका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

हाडनाता करणीका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

हाडनाता करणीका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
images

शंकर केसी, सल्यान। जिल्ला प्रहरी कार्यालय सल्यानले हाडनाता करणी र सवारी ज्यान मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ । हाडनाता करणीका दुई फरार प्रतिवादी १२ वर्षपछि र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ परेका हुन् ।

images
images

जिल्ला अदालत सल्यानको २०७० पुस १८ गतेको फैसला अनुसार कैद सजाय तोकिएका हाडनाता करणी मुद्दाका फरार प्रतिवादी दार्मा गाउँपालिका–१ निवासी ३८ वर्षीय चक्रबहादुर खड्का र सोही ठाउँ निवासी ३९ वर्षीय बिमला खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाँकेको नेपालगन्जबाट पक्राउ परेका चक्र बहादुरलाइ अदालतले एक महिना १५ दिन र बर्दियाको बासगढीबाट पक्राउ परेकी बिमलालाई ६ महिना कैद सजाय तोकेको थियो ।

त्यसैगरी जिल्ला अदालत सल्यानको २०८१ पुस २१ को फैसला अनुसार तीन वर्ष कैद र ३२ हजार रुपियाँ जरिवाना तोकिएको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी शारदा नगरपालिका–१० निवासी ३२ वर्षीय मेघराज कँवर पनि श्रीनगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देव राज भट्टराईले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा फरार प्रतिवादीहरुलाइ पक्राउ गरिएको उनको भनाइ छ । 

images
प्रकाशित मिति :पौष ७, २०८२ सोमवार - ०९:३०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology