Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

देवघाटमा विभिन्न कार्यक्रम गरी तमू ल्होसार मनाउँदै

देवघाटमा विभिन्न कार्यक्रम गरी तमू ल्होसार मनाउँदै

करिश्मा गुरुङ

११, पौष २०८२
देवघाटमा विभिन्न कार्यक्रम गरी तमू ल्होसार मनाउँदै
images

देवघाट ।

images
images

प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु शास्त्र हराए संस्कार हराउँछ,संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ भन्ने मुल नारा सहित तमू ल्होसार मनाउने भएको छ ।

तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् देवघाट गाउँ इकाई समिति र देवघाट गुरुङ (तमू) समाज देवघाटको संयुुक्त आयोजनामा तमू (गुरुङ) हरूको नयाँ वर्ष पुस १५ गते तमू ल्होसारको दिन शुभकामना आदान प्रदान तथा सप्री ल्हो नाग वर्गको विदाई तथा "त" ल्हो घोडा वर्गको स्वागत अवसरमा परम्परागत खेलकुद सहित बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाउन लागिएको हो ।

देवघाट गाउँ इकाई समितिले पहिलोपटक बृहत् रूपमा ल्होसार कार्यक्रमको आयोजना गर्न लागेको देवघाट ईकाइका अध्यक्ष भुवन सिं गुरूङले जानकारी दिनुभयो । त्यसलाई थप्दै गुरूङले ल्होसारलाई अझ आकर्षक बनाउनको लागि १४ गते विभिन्न खेलकुदको आयोजना गरिएको जानकारी दिनुभएको थियोे ।

१४ गते विहानै १० किलो मिटरको खुल्ला दौड प्रतियोगिता हुने त्यसपछि छेलो र वर्षा हान्ने प्रतियोगिता राखिएको छ । पुस १५ गते ल्होसारमा गुरूहरू मार्फत गुम्बामा बिहानै पुजाआजा,क्ल्हेप्रि तथा लम गुरूहरू मार्फत पुजापाठ गरिनुका साथै प्रर्वचन तथा आशिर्वाद कार्यक्रम गर्ने र त्यसपश्चात बृहत् र्‍यालीको आयोजना गरिएको छ ।

कार्यक्रमको तयारी तिव्र गतिमा भएसँगै आज(शुक्रबार ) आफ्नो संस्कृति झल्किने तरिकाले कार्यक्रमको प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा र सम्पूर्ण गाउँपालिका परिवारलाई कार्यकक्षमा गई निमन्त्रणा दिएर आएको छ । उनिहरूले निमन्त्रणाको लागि तमूहरूको रिति र सँस्कार अनुसार थुम्सेमा सेलरोटी र ठेकिमा कोदोको झोल लिएर गएका थिए ।

कुनै पनि कामको शुभारम्भ गर्नुपुर्व यसरी नै सगुन तमू जातिहरूको चलन रहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका चन्द्रा तमू,राष्ट्रिय लोक तथा दोहोरी गायक आश्रम तमू,राष्ट्रिय लोक तथा दोहोरी गायिका सुमित्रा तमू,राष्ट्रिय लोक तथा दोहोरी गायिका रन्जिता थापा तथा लोक तथा दोहोरी गायिका देवी तमू लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ र सो कार्यक्रम श्री गाउँ सुधार समिति देउपुर डबली पार्क स्थित हुने भएको छ । गत वर्षहरूमा भन्दा यस वर्ष अलि प्रभावकारी तरिकाले ल्होसार पर्व मनाने भनि सबै लागि परेको आयोजना टिमको भनाइ छ ।

images
प्रकाशित मिति :पौष ११, २०८२ शुक्रवार - २२:४५:३१ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology