Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चीनले गर्यो इन्टरनेट उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले गर्यो इन्टरनेट उपग्रह सफलतापूर्वक प्रक्षेपण

इच्छाकामना न्युज

१२, पौष २०८२
चीनले गर्यो इन्टरनेट उपग्रह सफलतापूर्वक प्रक्षेपण
images

एजेन्सी । चीनले इन्टरनेट उपग्रह ‘लङ मार्च–८ ए’ रकेट दक्षिणी टापु प्रान्त हाइनानबाट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

images
images

इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहको एक समूहलाई उसले अन्तरिक्षमा पठाएको हो । ‘लङ मार्च–८ ए’ चीनले विकास गरेको आधुनिक रकेट हो । यसको मुख्य उद्देश्य उपग्रहहरूलाई अन्तरिक्षमा पठाउनु रहेको छ ।

यो लङ मार्च रकेट शृङ्खलाको उन्नत संस्करण मानिन्छ र विशेष गरी पृथ्वी कक्षमा इन्टरनेट, सञ्चार तथा प्रविधिसम्बन्धी उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिन्छ । उच्च सटीकता, विश्वसनीयता र व्यावसायिक तथा सरकारी प्रयोजनका लागि उपयुक्त क्षमताका कारण ‘लङ मार्च–८ ए’ चीनको अन्तरिक्ष कार्यक्रमको महत्त्वपूर्ण हिस्सा बनेको छ ।

हिजो बिहान ७ बजेर २६ मिनेटमा हाइनानमा रहेको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उडेको रकेटले न्यून पृथ्वी कक्षमा रहेका इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

यो प्रक्षेपणबाट चीनको अन्तरिक्षमा आधारित इन्टरनेट सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

images
प्रकाशित मिति :पौष १२, २०८२ शनिवार - ०९:२७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology