Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

खडेरीले सुक्न थाले हिउँदेबाली

खडेरीले सुक्न थाले हिउँदेबाली

इच्छाकामना न्युज

२३, पौष २०८२
खडेरीले सुक्न थाले हिउँदेबाली

शेरबहादुर सार्की 
बाजुरा ।
बाजुरामा लामो समयको खडेरीले यहाँका अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ ।

images

लामो समयदेखि परेको खडेरीका कारण यहाँका किसानले कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौ बाली अहिलेसम्म पनि उम्रिन सकेको छैन । उम्रेको जौ गुहुँ पनि यती बेला खुम्खा खडेरीले सुक्न थालेको छ ।

सिँचाइ नभएको क्षेत्रमा लगाएको हिउँदे बाली जौ गहुँ खडेरीका कारण यसरी धमाधम सुक्न हुन थालेपछि अहिले यहाँका किसान बर्खाको समय के खाने भन्दै चिन्तित हुने गरेका छन् ।

जिल्लाको बुढीगङ्गा नगरपालिकाको सेलापाखा, तिमाडा, बाहुनगाउँ र बदेडा लगायतका क्षेत्रमा हिउँदमा छरेको गहुँ जौ पानी नहुँदा अहिले सुकेर पहेँलो बनेको छ ।

बाजुरामा सिँचाइको सुविधा भएको ठाउँमा पनि पानी आकाशे पानी नपर्दा गहुँ राम्रो हुन नसकेको यहाँका किसान बताउँछन् ।
यो वर्ष हिउँदमा लामो समयसम्म पानी नपर्दा हिउँदे बाली गहुँ जौ खेती सुक्न थालेको बुढीगङ्गा नगरपालिका– १० की हिरा सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कात्तिक मङ्सिरमा पानी नपरे पनि पुस र माघमा पानी अवश्य पर्छ भनेर गहुँ खेती गरेको हो । तर आजसम्म पानी नपर्दा गहुँ राम्ररी नउम्रेको र उम्रेको ठाउँको गहुँ सुक्न थालेको छ ।”

यसैगरी, लामो समयसम्म यो खडेरी रहने हो भने बर्खाको समय यो क्षेत्रमा ठुलो भोकमरीको समस्या हुन सक्ने सार्कीले बताउनुभयो ।

हिमपात नहुँदा पूर्वी क्षेत्रमा रहेको जिल्लाको स्वामिकार्तिक–२ कुक्तीकोटमा अधिकांश क्षेत्रमा हिउँदमा छेरेको गहुँ अहिलेसम्म नउम्रेको स्वामिकार्तिक गाउँपालिका मुक्तीकोट स्थानीय पदम लहुारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ माघमा पनि हिमपात नहुँदा सुपना फ्याल गाउँ माझबाडा फैतीवाडा लगायतका क्षेत्रका गहुँ समेत सुक्न थालेका छन् ।” जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कातिर तुसारो र सुक्खायामले बाली खाएको लहुारले बताउनुभयो ।

जिल्लाका त्रिवेणी, गौमुल बडिमालिका बुढीगङ्गा र खप्तड छेडेदह लगायतका क्षेत्रमा सिँचाइ नभएको जमिनमा हिउँदे बाली सुक्न थालेका छन् । यतीबेला मङ्सिरमा, पुस र माघ महिनासम्म पनि पानी तथा हिमपात नभई खडेरी बढ्दै जाँदा यहाँका किसान चिन्तित बन्दै गएका छन् ।

गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा राम्रो भएन भने उत्पादन घट्छ भने हिउँदमा वर्षा राम्रो भएमा उत्पादन बढ्छ । अहिले पहिलेको तुलनामा उन्नत गहुँको बीउको प्रयोग बढ्दै गइरहेकाले गहुँको उत्पादन वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइको सुविधा छ भने ८० प्रतिशत जमिनमा अहिले पनि आकाशेभरमा खेती हुने गरेको छ । जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पुग्नका लागि सिँचाइको क्षेत्र बिस्तार गर्न अति आवश्यक छ ।”

बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छ । यसमध्ये दस हजार ४६० हेक्टर जमिनमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ हेक्टर जमिनमा गहुँ उत्पादन हुन्छ । बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको सूचना अधिकारी साहनीले बताउनुभयो ।

images
प्रकाशित मिति :पौष २३, २०८२ बुधवार - ०९:१९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology