Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

नेपाल तमू विद्यार्थी छोँज धीँको केन्द्रीय पार्सद सभा चितवनमा हुदैँ

नेपाल तमू विद्यार्थी छोँज धीँको केन्द्रीय पार्सद सभा चितवनमा हुदैँ

images

इच्छाकामना न्युज

२४, पौष २०८२
नेपाल तमू विद्यार्थी छोँज धीँको केन्द्रीय पार्सद सभा चितवनमा हुदैँ
images

भरतपुर ।

नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ केन्द्रीय पार्सद सभा चितवनमा हुने भएको छ । बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर पार्सद सभाबारे जानकारी गराएको हो । छोँज धीँका केन्द्रीय अध्यक्ष पवन गुरूङका अनुसार देशभरका करिब २७ जिल्लाबाट १५० जना प्रतिनिधि एवम् पर्यवेक्षक चितवनमा आउने छन् ।

यही पुस २६ र २७ गते हुने सभाको लागि स्थानीय व्यवस्थापनमा चितवन जिल्ला शाखाले संयोजन गर्नेछ । अध्यक्ष गुरूङका अनुसार सभामा वार्षिक कार्यसमीक्षा तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ । त्यसबाहेक, विभिन्न विषयमा विज्ञता प्राप्त गरेका व्यक्तिलाई मुख्य वक्ताको रुपमा समेत उपस्थिति गराउने तयारी भएको उनले बताए ।

सभामा समसायिक राजनैतिक परिस्थिति, जेन जी विद्रोह र साङ्गानिक विधि र पद्धतिसम्बन्धी तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष दिल गुरूङ, तमू जातिको भाषा, धर्म, संस्कार र संस्कृतिबारे तमू विद्यार्थी छोँज धीँका संस्थापक अध्यक्ष एवम् खेमा लिपिका अभियन्ता भीमबहादुर गुरूङ र सूचना प्रविधि र संस्कृति सम्वद्र्धन तथा सङ्गठनात्मक विकासमा यसको प्रयोग विषयमा तमू विद्यार्थी छोँज धीँका शैक्षिक विभाग प्रमुख बुधराम गुरूङले प्रशिक्षण दिनेछन् ।

दुई दिने कार्यक्रमको लागि करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सदस्यता शुल्कसहित विभिन्न दाताहरुको सहयोगमा खर्च व्यवस्थापन गर्ने तयारी भइरहेको ह्युल छोँज धीँका अध्यक्ष गुरूङले बताए ।

images
प्रकाशित मिति :पौष २४, २०८२ बिहिवार - २१:४९:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology