Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँमा हराएका युवक मृत फेला

तनहुँमा हराएका युवक मृत फेला

images
तनहुँमा हराएका युवक मृत फेला
images

अमरराज नहर्की, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने २६ वर्षीय संसार भुजेल मृत अवस्थामा फेला परेका छन् । माघ १ गतेदेखि हराएका भुजेल शुक्रबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार भुजेल माघ १ गते दिउँसो करिब ४ बजे भिमादस्थित रङ्गशालामा भलिबल खेल हेर्न जान्छु भन्दै ग १३ प ४०४२ नम्बरको बुलेट मोटरसाइकल चढेर घरबाट निस्किनु भएको थियो ।  अबेरसम्म घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

खोजतलास गर्ने क्रममा माघ २ गते साँझ ६ बजे म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भित्री सडक खण्डमा उहाँको शव फेला परेको हो । सडकबाट करिब ४०–४५ मिटर तल रुपाकुना खोलाको खोचमा मोटरसाइकलसहित खसेको अवस्थामा भुजेलको शव भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलचौतारा र आफन्तको सक्रिय खोजीका क्रममा फेला परेको उक्त शवलाई प्रहरी टोलीले राति ८ बजे घटनास्थलबाट बाहिर निकालेको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाइएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :माघ ३, २०८२ शनिवार - १०:५१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology