Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पोखरामा तमू संस्कृतिभित्रका विकृती विमर्श कार्यक्रम सम्पन्न

पोखरामा तमू संस्कृतिभित्रका विकृती विमर्श कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१२, माघ २०८२
पोखरामा तमू संस्कृतिभित्रका विकृती विमर्श कार्यक्रम सम्पन्न

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको विशेष शृङ्खला अन्तर्गत तमू संस्कृतिभित्रका विकृती विमर्श कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मञ्चद्वारा आयोजित कार्यक्रमलाई तमु समाज सिड्नीका मातृभाषा निर्देशक लिल गुरुङको सहयोग रहेकोे थियो । कार्यक्रममा गुरुङ भाषाको महत्त्व, लगाउने पोशाक र मनाउने चाडबाडको बारेमा वक्ता ठाकुर जङ्ग गुरुङले प्रस्तुतीकरण राख्नु भएको थियो । वक्ताले पहिचान स्थापित गर्न गुरुङ भाषा जान्न, बुझ्न र बोल्न अपरिहार्य रहेको सुझाउनुभयो । वर्तमान समयमा बदलिदो परिवेश सङै गुरुङ जातिले लगाउने पोशाकमा निकै विकृति आएकोमा सुधार्न आग्रह गर्दै त्यसको महत्त्व बुझेर लगाउन पर्ने बताउनुभयो । शास्त्र अनुसार संस्कार र संस्कार अनुसार संस्कृती मनाउन पर्ने विचार राख्नुभयो ।

images

729650166bcfe8aab-3183-4d3c-ae2d-582e21045a8f.jpeg

टिप्पणीकार तथा संस्थाका आजिवन सदस्य कन्चन गुरुङले प्रस्तुतिकरणमा धेरै अनुभव, ज्ञान र सैधान्तिक विषयमा पोख्त   हुँदाहुदा पनि व्यवहारिक पक्षलाई पनि ध्यान दिनु पर्ने भनाइ राख्नुभयो । होटेल टास्कफोर्सको मुन्दुम हलमा भएको कार्यक्रममा  संस्थापक अध्यक्ष गौरी गुरुङले स्वागत गर्दै संघ संस्थाले यस्तो छलफल, विमर्श निरन्तर गर्न पर्ने बताउनुभयो । गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले पहिलाको र अहिलेको कुरालाई मिलाएर अगाडि बढ्न पर्ने बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष रोशनी गुरुङले संचालन गर्नुभएको तियो । संस्थाका आजिवन सदस्यहरु, तमू साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष श्रीजङ्ग गुरुङ, पूर्व अध्यक्ष चिजकाजी गुरुङ, तमू ह्युल छाेंज धीं नेपालका उपमहासचिव मिलन गुरुङ र कास्कीका उपाध्यक्ष सुबेदार ईन्द्रबहादुर गुरुङ, तमू ट्हाे ह्युल हङकङका सचिव तिलक गुरुङ, डा पोल बहादुर गुरुङ,साहित्यकार तीर्थ गुरुङ र माया गुरुङ, जिफानका अध्यक्ष राज बहादुर गुरुङ (राजेश), निवर्तमान अध्यक्ष भोज बहादुर गुरुङ, आजिवन सदस्य गम बहादुर गुरुङ, तमू प्ये ल्हु संघ केन्द्रीय महिला समिति निवर्तमान अध्यक्ष पुष्प गुरुङ,  क्हाेल दीप तमू समाजका अध्यक्ष राम प्रसाद गुरुङ, गोर्खाली रेडियोका स्टेशन प्रवन्धक खिमा गुरुङ, भुमिपुत्र बहुउद्देश्यीय ट्रेडका संस्थापक सचिव सिंह बहादुर गुरुङ, फोटो पत्रकारहरु मणि गुरुङ र प्रेम गुरुङको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - ११:५४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology