Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रहरीको घरमै चोरी, एकै रात ६ ठाउँमा श्रृंखलावद्ध घट्ना हुँदा स्थानीय त्रसित

प्रहरीको घरमै चोरी, एकै रात ६ ठाउँमा श्रृंखलावद्ध घट्ना हुँदा स्थानीय त्रसित

इच्छाकामना न्युज

१५, माघ २०८२
प्रहरीको घरमै चोरी, एकै रात ६ ठाउँमा श्रृंखलावद्ध घट्ना हुँदा स्थानीय त्रसित

काठमाडौं- सप्तरी सदरमुकाम राजविराजको हिमालय टोलमा मंगलबार मध्य राति आधा दर्जन स्थानमा श्रृंखलाबद्ध चोरी भएको छ । राजविराज ८ स्थित हिमालय टोलमा भएको चोरी घट्नामा प्रहरीको घरदेखि साईकल मरम्मतका पसलसम्म छन् ।

images

चोरले राजविराज ८ स्थित सविता माझी, घनश्याम दास तथा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा कार्यरत बरिष्ठ प्रहरी हवलदार परशुराम मंडल लगायतको घरबाट लाखौंको धनमाल चोरी गरी लगेका छन् ।

यस्तै राजविराज ८ स्थित मो. युनुसको साइकल मरम्मत पसल, इनर साहको मनोज पान पसल र विनोद साहको विनोद होटलमा समेत चोरी भएको सम्बद्ध व्यक्ति र परिवारजनले जनाएका छन् ।

सविता माझीको घरबाट सुन र चाँदीका गरगहना गरी ३ लाख, प्रहरी हवलदार परशुराम मंडलको घरबाट सुन चाँदीका गरगहना तथा नगद ९५ हजार गरी करिब १३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको परिवारजनले जनाएका छन् ।

यस्तै घनश्याम दासको घरबाट चाँदीको गरगहना र नगद १५ हजार, मो। युनुसको साइकल मरम्मत पसलबाट १० हजार, मनोज पान पसलबाट १४ हजार तथा विनोद होटलबाट ८ हजार बराबरको धनमाल चोरी भएको सम्बद्ध घरधनी र पसल सञ्चालकले जानकारी दिएका छन् ।

चुनाव नजिकिदा नगरमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाई रहेका बेला एकैरात आधा दर्जन घरमा भएको श्रृंखलाबद्ध चोरीको घट्नाले स्थानिय त्रसित भएका छन् ।

उनीहरु प्रहरी गस्ती बढाउन तथा नगरका भित्रि सडकहरुमा समेत निगरानीका लागि सिसिटिभि क्यमरा जडान हुनुपर्ने माग गरेका छन् ।

चोरी घट्ना भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले स्थानियवासीसंग सोधपुछ तथा पीडित घरधनीहरुबाट आवश्यक विवरण संकलन गरी चोरको खोजी तिब्र बनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८२ बिहिवार - ०८:२२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology