Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमू समाज यूकेका पूर्वअध्यक्ष गुरुङ र तमू कलाकार बिच भेटघाट

तमू समाज यूकेका पूर्वअध्यक्ष गुरुङ र तमू कलाकार बिच भेटघाट

इच्छाकामना न्युज

३, फाल्गुण २०८२
तमू समाज यूकेका पूर्वअध्यक्ष गुरुङ र तमू कलाकार बिच भेटघाट

काठमाण्डौ । तमु कलाकार संघ र तमु समाज युकेका पूर्व अध्यक्ष शिव चन्द्र गुरुङ बीच सौहार्दपूर्ण भेटघाट सम्पन्न भएको छ। उक्त अवसरमा पूर्व अध्यक्ष गुरुङले कलाकार संघको आर्थिक वृद्धि र संस्थागत सुदृढीकरणका लागि रु १५ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

images

सोही कार्यक्रममा तमु कलाकार संघका अध्यक्ष सागर गुरुङ ले कलाकारहरू सधैं राम्रो काममा लागिरहनुपर्नेमा जोड दिनुभयो। उहाँले विशेषगरी विदेशमा आयोजना हुने कार्यक्रमहरूमा तमु कलाकारहरूले पाएको माया, सम्मान र समर्थनको उच्च मूल्याङ्कन गर्दै भविष्यमा पनि कलाकारहरूलाई निरन्तर अवसर प्रदान गरिनुपर्ने माग गर्नुभयो।

WhatsApp Image 2026-02-14 at 9.52.31 PM.jpeg

उहाँले कला, संस्कृति र भाषा संरक्षणमा कलाकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनहरूमा अझ सशक्त सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

उक्त अवसरमा कलाकार हरु निशा गुरुङ, प्रीती गुरुङ, शारदा गुरुङ, तमु कलाकार संघका अध्यक्ष सागर गुरुङले पुर्व अध्यक्ष शिवचन्द्र गुरुङ लाई खदा लगाइ शुभकामना ब्यक्त गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८२ आइतवार - ०९:५६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology