Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रचण्डको अफरः देउवा सकारात्मक, जसपा दोधारमा

प्रचण्डको अफरः देउवा सकारात्मक, जसपा दोधारमा

पत्रपत्रिका

२६, फाल्गुण २०७७
प्रचण्डको अफरः देउवा सकारात्मक, जसपा दोधारमा
images

काठमाडौं, २६ फागुन ।  शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् । उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि जान तयार रहेको सन्देश दाहाललाई दिएका छन् ।

images
images

जसपाका नेताहरुमा भने ओली नेतृत्वको सरकारमा रहने या विकल्पका रुपमा आउने सरकारलाई साथ दिने भन्ने द्विविधा देखिन्छ । जसपाका नेताहरुले सरकार गठनकै पेरिफेरीमा रहेर दुवै पक्षबाट ठोस प्रस्ताव नआएको बताएका छन् । तर, प्रधानमन्त्री ओलीले जसपाभित्रको राष्ट्रिय जनता पार्टी (राजपा) पक्षका नेताहरुसँग भित्री रुपमा गरेको भेटले पनि दाहाल–देउवालाई झस्काएको छ । जसपाभित्र पनि यो विषय सन्देहपूर्णरुपमा उठेको छ ।

ओलीले महन्थ ठाकुरसँग गरेको भेट, ठाकुरले सत्ता साझेदारीका विषयमा छलफल गर्न लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दिएको जिम्मेवारी लगायतले जसपाभित्र हलचल ल्याएको छ । डा। बाबुराम भट्टराई र उपेन्द्र यादव भने ठाकुर र राजेन्द्र महतोको भूमिकाबाट सशंकित भएका छन्  आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०८:१०:५५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology