Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले अध्यक्ष ओली आज दमक क्षेत्रका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने

एमाले अध्यक्ष ओली आज दमक क्षेत्रका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
एमाले अध्यक्ष ओली आज दमक क्षेत्रका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने
images

दमक । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् ।  निर्वाचन लक्ष्यित कार्यक्रममा  अध्यक्ष ओलीले आज दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्ने भएका हुन् । 

कार्यक्रमअनुसार बिहान साढे ११ बजे देखि १२ बजेसम्म वडा नम्बर ३ को दुम्से चोक टुकुरेमा उनी सहभागी हुनेछन् ।  त्यसपछि १२:२० देखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोक, कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा कार्यक्रम तय गरिएको  निर्वाचन परिचालन समिति अन्तर्गतको मिडिया परिचालन उपसमिती संयोजक इन्द्र भण्डारीले जानकारी दिए ।

उनका अनुसार  दिउँसो १:२० देखि २ बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा उपस्थित हुने कार्यक्रम छ ।  त्यसैगरी २ः२० देखि ३ बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा, तथा ३ः२० देखि ४ बजेसम्म किराँत चोकमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

आजको भ्रमणका क्रममा अध्यक्ष ओलीले स्थानीय कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको ओलीको निर्वाचन कमान्डर देवेन्द्र दाहालले जानकारी दिए । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १०:५२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology