Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनमा भेट्न बोलाई जबरजस्ती करणीमा फसाईदिन्छु भन्दै लुटपाट गर्ने युवती सहित २ पक्राउ

चितवनमा भेट्न बोलाई जबरजस्ती करणीमा फसाईदिन्छु भन्दै लुटपाट गर्ने युवती सहित २ पक्राउ

इच्छाकामना न्युज

२, चैत्र २०८२
चितवनमा भेट्न बोलाई जबरजस्ती करणीमा फसाईदिन्छु भन्दै लुटपाट गर्ने युवती सहित २ पक्राउ

चितवन । सामाजिक सञ्जालमार्फत ‘हनी ट्रयाप’मा पारेर एक पुरुषलाई कुटपिट गरी स्कुटर लुटेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका नगरपालिका–७ नमुना टोलका १८ वर्षीय एनी तामाङ र २५ वर्षीय विजय सुनार छन् ।

images

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ बस्ने ४९ वर्षीय पुरुषलाई फेसबुकमार्फत चिनजान गरी भेट्न बोलाएर कुटपिट तथा लुटपाट गरिएको हो।

‘ANEEY TMG’ नामको फेसबुक एकाउन्ट मार्फत पीडित संग चिनजान भई फोनमा समेत कुराकानी भइरहेको अवस्थामा गत फाल्गुन २९ गते ति पुरुषलाई जुटपानीको मिठुचोकबाट गुम्बाजाने भित्रि बाटोमा भेट्न बोलाइएको थियो। उक्त स्थानमा पुगेपछि योजनाबद्ध रूपमा अन्य व्यक्तिलाई समेत बोलाई पीडितलाई कुटपिट गरी उनीसँग रहेको बा.प्र–००४ प ५८८९ नम्बरको स्कुटर लुटेर फरार भएको प्रहरीले जनाएको छ। पछि पीडितले स्कुटर फिर्ता माग्दा रकम माग्ने तथा रकम नदिए जबर्जस्ती करणी मुद्दा लगाइदिने भन्दै धम्की दिएको उजुरी प्रहरीमा परेको थियो।

उनीहरु दुवै जनालाई प्रहरीले भरतपुर महानगरपालिका- १० वीरेन्द्र क्याम्पस रोडबाट आइतबार पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

651873170_1257304009925744_3577099947803769263_n (1).jpg

images
प्रकाशित मिति :चैत्र २, २०८२ सोमवार - १२:३१:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology