Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

इच्छाकामना न्युज

३, चैत्र २०८२
हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता
images

सुर्खेत । आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका- १२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ । भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन् ।

images
images

आइतबार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन् । ३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

मायाको शव लेकबेशी नगरपालिका- ३ को पटारेमा र आशाको गुर्भाकोट- १३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए । ‘बेपत्ता  आमा र छोरीको लास भेटिएको र पाँच वर्षीय छोरा दीपक कठायतको खोजी भइरहेको उनले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ३, २०८२ मंगलवार - ११:३३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology