Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ओली पक्राउविरुद्ध देशभर सडकमा उत्रदैं एमाले

ओली पक्राउविरुद्ध देशभर सडकमा उत्रदैं एमाले

images

इच्छाकामना न्युज

१५, चैत्र २०८२
ओली पक्राउविरुद्ध देशभर सडकमा उत्रदैं एमाले
images

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीपछि नेकपा एमाले अब औपचारिक रूपमा देशव्यापी आन्दोलनको तयारी गरेको छ। पार्टीले आइतबार देशभर विरोध प्रदर्शन गर्ने घोषणा गर्दै सरकारविरुद्ध दबाब बढाउने रणनीति लिएको हो ।

पार्टीभित्रको आन्तरिक छलफल र सचिवालय बैठकपछि एमालेले कानुनी लडाइँसँगै सडक संघर्षलाई पनि समानान्तर रूपमा अघि बढाउने बताएको छ । त्यसअनुसार आज विभिन्न जिल्ला, सहर र प्रमुख चोकहरूमा कार्यकर्ता उतार्ने तयारी गरिएको जनाइएको छ ।

एमाले नेतृत्वले ओलीको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध” को रूपमा चित्रण गर्दै त्यसको प्रतिवाद अपरिहार्य भएको निष्कर्ष निकालेको छ । यही सन्दर्भमा जनसंगठनहरूलाई समेत सक्रिय पार्दै प्रदर्शनलाई व्यापक बनाउने योजना बनाइएको छ ।

हिजोदेखि नै राजधानीका विभिन्न स्थानमा छिटपुट प्रदर्शन देखिएको भए पनि आजको कार्यक्रमलाई भने ‘संगठित र देशव्यापी’ बनाउने लक्ष्य राखेको छ ।
यस्तै कानुनी मोर्चा पनि समानान्तर रूपमा अघि बढाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने तयारी गरिरहेको छ ।

आन्दोलनलाई चरणबद्ध रूपमा चर्काउने रणनीति बनाइएको युवा संघका नेता अर्जुन निर्जन पौडेलले जानकारी दिएका छन् ।

 

images
प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - ०७:०२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology