Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पोखरामा गुरुङ समुदायको ट्होटें पर्व : झाँकी र्‍यालीमा चिउली पाचे तमु समाज प्रथम

पोखरामा गुरुङ समुदायको ट्होटें पर्व : झाँकी र्‍यालीमा चिउली पाचे तमु समाज प्रथम

images

इच्छाकामना न्युज

२५, चैत्र २०८२
पोखरामा गुरुङ समुदायको ट्होटें पर्व : झाँकी र्‍यालीमा चिउली पाचे तमु समाज प्रथम
images

पोखरा । तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलवार मनाएको छ। उघौली ट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृति र पितृलाई पुज्दै मौलिक पोशाक, बाजागाजा, झाँकीसहित शुरु भएको  बृहद ट्होटें र्याली नागढुंगा, लखन चोक पृथ्वीचोक, नयाँबजार हुदै तमु धिंमा पुगी समारोहमा परिणत भएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेस  सभा सदस्य माननीय गणेशमान गुरुङले उदघाटन गर्नुहुदै सुशासनका लागि तमुहरुले स्थापित गरेको एतिहासिक साँस्कृतिक पर्वले नेपाल सुशासनको मुलुक बन्ने शुभकामना दिनुभयो। जेन्जी आन्दोलन पस्चात निर्वाचित सरकारको गृहमन्त्री सुदन पनि गुरुङ नै भएकाले मुलुकलाई सुशासनका साथ समृद्धि तर्फ लम्काउन सकोस भन्ने शुभेच्छा प्रकट गर्नुभयो । उहाले विगतमा गुरुङहरुको योगदानलाई सम्मान गर्नु पर्ने भन्दै तमुको अधिकारका लागि सधै अग्रमोर्चामा रहने प्रतिवद्दता ब्यक्त गर्नुभयो । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै ट्होटेंको एतिहासिकता, पर्वको मर्मलाई आत्मसात गर्दै जानुपर्नेमा जोड दिनुभयो। 

dcddccbf-5c9d-44c3-bac1-9362ee9eba5b.jpeg

ट्होटें पर्वमा आयोजित झाँकी एवम र्याली प्रतियोगितामा चिउली पार्चे तमु समाज प्रथम ४० हजार, याङ्जाकोट तमु समाज द्वितिय हुदै २५ हजार, फुलवारी तेस्रो हुदै १५ हजारसहित ट्रफीबाट पुरस्कृत भएको थियो। यसरी नै ब्रेज मेश्रों घान्द्रुक तमु समाज चौथो हुदै १० हजार, सान्त्वना भएको तनहु तमु समाज,  सुर्यमुखी, भुजुङ युम्पो र डढुवा दुर्छा तमु समाज तृतिय हुदै जनही पाँच हजारसहित पुरस्कृत भएका थिए। झाँकी र्याली  मुल्यांकन समिति तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङको संयोजकत्वमा रहेको मुल्यांकन समितिको निर्णय समितिका सदस्य श्रीजंङ गुरुङले घोषणा गर्नुभएको थियो।

a3f075a7-c8aa-4bc9-b1d8-c03d69b49b38.jpeg

पुरस्कृत समाजहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सल्लाहकार मेजर डिलबहादुर गुरुङ,  सरंक्षक परिसद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, लगायत प्रथम पुरस्कार प्रायोजक गुरुङ गहनाघर प्रालि सिमा गुरुङ नेल्सन गुरुङ, प्रस्कार प्रायोजकहरु चित्रकुमारी गुरुङ, हरिमाया गुरुङ, हुमकुमारी गुरुङ लगायतले पुरुस्कार वितरण गरिएको थियो। 

कार्यक्रममा  खानेपानीको प्रायोजन नातिनी सदिमा गुरुङको स्मृतिमा नागवेली तमु समाजको पुर्व अध्यक्ष क्याप्टेन हितमान गुरुङले गर्नु भएको ह्हियो भने चिउली पाचे तमु समाज र तमु धिका नवयुवा सांस्कृतिक कलाकारहरुबाट नृत्य प्रस्तुति गरेका थिए।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जुना गुरुङले गर्नुभएको थियो।

images
प्रकाशित मिति :चैत्र २५, २०८२ बुधवार - १२:३६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology