Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमालेको नेपाल–खनाल समूहको बैठक बिहानैदेखि जारी 

एमालेको नेपाल–खनाल समूहको बैठक बिहानैदेखि जारी 

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
एमालेको नेपाल–खनाल समूहको बैठक बिहानैदेखि जारी 
images

काठमाण्डौ, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षको स्थायी कमिटीको बैठक बिहानैदेखि बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेपछि कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको एक नेताले बताए ।

नेता रघुजी पन्तका अनुसार आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा बैठक केन्द्रित छ । पार्टीमा समानान्तर छुट्टै कमिटी बनाउने बारेमा पनि बैठकमा कुराकानी भइरहेको उहाँले सीआईएनसँग बताउनुभयो । हिजो ओली पक्षधरको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्नेलगायत निर्णय गरेको थियो।

नेपाल–खनाल पक्षले उक्त बैठकलाई विधानले नचिन्ने भन्दै त्यहाँबाट भएका निर्णय नमान्ने निष्कर्ष हिजोको बैठकबाट निष्कर्ष निकालेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ०९:०९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology